काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर–६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सर्वेन्द्र खनालले चुनाव जितेर देश र जनताप्रति इमान्दार सिपाहि भएर काम गर्ने बताएका छन् । पत्रकार नविन धमलासँग प्राइमटाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा कुरा गर्दै खनालले मंसिर ४ को चुनावबाट जनमत प्राप्तगरि देश र जनताको पक्षमा काम गर्ने बताएका हुन् ।
३० वर्ष नेपाल प्रहरीमा कार्यरतरहँदाको अनुभवले मूलुक परिवर्तन गर्न सक्ने अनुभव बनाएको भन्दै जनप्रतिनिधिभएर इमान्दारी र निष्ठापूर्वक काम गर्ने बताएका हुन् । ‘नेपाल प्रहरीको नेतृत्वमा रहेर निष्ठापूर्वक काम गरेको मान्छे हुँ । रिटाएर लाइफ फुर्सदमा बिताउनुभन्दा राजनीति भित्रको विकृती हटाएर मूलुक परिवर्तनमा योगदान गरौं भन्ने हेतुले चुनावी मैदानमा छु ।’ खनालले भने ।
अहिलेको गठबन्धनले देशलाई बर्बादीको दिशातर्फ लैजान खोजेको भन्दै खनालले देशलाई बचाउन एमालेले जित्नैपर्ने बताए । एमालेका उम्मेदवारलाई भोट दिएर विजयी गराउन उनले सबैमा अपिल गरेका छन् ।
एमालेले जिते सिंगो देशले जित्नै भन्दै नेता खनालले आफू व्यक्तिगत जितका लागि नभएर एमालेको विजयका लागि राजनीतिमा लागेको बताए ।
हेरौं खनालसँगको अन्तरवार्ता :