२०८१, ४ बैशाख मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तारकेश्वरको ४ महिनाको खर्च सवा २२ करोड



काठमाडौं । तारकेश्वर नगरपालिकाले चालु प्रथम त्रैमासिकमा २२ करोड १७ लाख खर्च गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा भौतिक पूर्वाधार, तलब, भत्ता, शिक्षा, स्वास्थ्यलगायतमा उक्त रकम खर्च गरेको हो ।

प्रशासनिक खर्च १३ करोड ६७ लाख ७६ हजार र पुँजीगत खर्च आठ करोड ४९ लाख रहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले कागजपत्र र प्रक्रिया मिलाएर आएका कुनै पनि भुक्तानी नगरपालिकाले नरोकेकाले वित्तीय प्रगती बढेको बताए । ‘काठमाडौंभित्रका अन्य नगरपालिकाको तुलनामा तारकेश्वरले उत्कृष्ट वित्तीय प्रगति हासिल गरेको छ’, उनले भने ।

तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षको बजेट दुई अर्ब ६ करोड रहेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित तारकेश्वर नगरपालिकामा ११ वडा छन् ।

प्रकाशित मिति : २०७९, १८ कार्तिक शुक्रबार ००:००  १ : ४६ बजे