२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा कांग्रेसको गढ भत्कियो, सभापतिसहित सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश



ओखलढुंगा । ओखलढुंगामा कांग्रेसका पार्टी सभापतिसहितका सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । सिद्विचरण नगरपालिका ३ नारायणस्थानका कांग्रेसका वडा सभापति शिव बानियाको नेतृत्वमा कांग्रेसका वडासमितिका पदाधिकारीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्लासभापति तथा सिद्विचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालको वडाको पार्टी समिति सहित सयजना प्रवेश गराएर कांग्रेस नै एमालेमा विलय गराएको एमाले प्रवेश गरेका नेता शिव बानियाले बताए । ओखलढुंगा कांग्रेसभित्र पछिल्लो समय नातावाद र जातीवाद बढेर नेतृत्वले कार्यकर्तालाई चुनावमा मात्रै प्रयोग गर्ने गरेकाले पार्टी त्याग गरेको उनको भनाइ छ ।एमाले नेता अम्बिरबाबु गुरुङले जिल्लामा विकासको जग बसाएको र फेरि पनि उहाँको जीत सुनिश्चित रहेको भन्दै कांग्रेसको एउटा ठुलोपंतिले गुरुङलाई मतदान गर्ने बताए । हाम्रोमा राम्रो काम केही गरेको उदाहरण नै नभएका र भोलि पनि केही गर्ने योजना नै नभएकाहरु जिल्लाको विकासमा कायापलट गर्ने अभियान थालेका अम्बिरबाबु गुरुङसँग प्रतिस्पर्धा गर्न खोज्दैछन् तर गठबन्धन जति गरेपनि कांग्रेसकै सचेत नेता कार्यकर्ताले एमालेमा भोट हाल्दैछन्´ उनले भने पार्टीको नेता मात्रै हुँदा त निषेध र विभेदको राजनीति बाहेक केही गर्दैनन् झन हामीले सांसद बनाउन लाग्नुभनेको हाम्रो मात्रै होइन सन्नततिको भविष्य समेत अन्धकार बनाउनुहो । गठबन्धनका नाममा गलतलाई सहि भन्न सकिन्न ।´ आफुहरुले कांग्रेसभित्र विधि मिच्न नदिन पटक पटक विद्रोह गरेपनि सुधार नआएको उनले बताए ।

नवप्रवेशीलाई नेता अम्बिरबाबु गुरुङ लगायतले एमालेमा स्वागत गरेका थिए । नवप्रवेशीलाई उचित जिम्मेवारी दिईने नेता गुरुङले बताए । कांग्रेसका जिल्ला सभापतिको गाउँबाटै वडा सभापतिसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुले आफुहरुको जितको संकेत गरेको बताए ।

नारायणस्थानमा कांग्रेसले नयाँ मान्छेलाई अर्को पार्टीबाट ल्याएर वडाअध्यक्षको टिकट दिएपछि स्थानीय निर्वाचनमा शिव बानियाको नेतृत्वमा कांग्रेसका पुराना नेताहरुले विद्रोह गरेका थिए ।

एमाले नेता अम्बिर गुरुङको प्रभावले कांग्रेसको गढ भत्किनेक्रम जारी छ ।

प्रकाशित मिति : २०७९, १९ कार्तिक शनिबार ००:००  १ : १५ बजे