२०८१, २५ माघ शुक्रबार | Sat Feb 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु



भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली चोक नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गठ्ठाघर बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का २७ वर्षीय पुण्यबहादुर बोहोरा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका बोहोराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त ठिमीले जनाएको छ । काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२– ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर खुल्न नसकेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्कर दिएर फरार रहेका सवारी चालकको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २०७९, २० कार्तिक आइतबार ००:००  १ : २० बजे