२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गगन भन्छन्– प्रधानमन्त्री हुनेलाई जिताउने कि सल्लाहकार मात्रै हुनेलाई ?



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा नेतृत्व परिवर्तनका लागि आफूलाई संसदमा निर्वाचित गरेर पठाउनुपर्ने बताएका छन्। आफू सांसद भए मात्रै कांग्रेसभित्र संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा हुने र सरकारको नेतृत्व परिवर्तन सम्भव हुने उनको भनाइ छ।

पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार काठमाडौं– ४ मा आयोजना गरेको कार्यक्रममा उनले आफूले निर्वाचन जितेर गए मात्रै मतदाताले चाहेअनुसार नेतृत्व परिवर्तन हुने बताए। आफूलाई संसदमा निर्वाचन गराएर पठाए १० वर्षमा मुलुकको राजनीति पूरै सुधार गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।

‘कोही प्रधानमन्त्री निर्वाचित हुने होइन। यहाँ त सांसद निर्वाचित भएर जाने हो। अनि, त्यो सांसद आफ्नो संसदीय दलमा गएर निर्वाचन लड्छ। अनि, निर्वाचित भयो भने बल्ल त्यहाँ दाबी गर्न पाउँछ,’ उनले भने, ‘मेरो मतदातालाई गएर तपाईंले यो कुरा बताइदिनुपर्नेछ, जो परिवर्तनको पक्षमा छन्। भनिदिनुपर्नेछ– कुरा बुझाइदिनुपर्नेछ। तपाईं आफैँ हुनुहुन्छ त्यो ठाउँमा। तपाईं गइदिनुपर्नेछ। तपाईंहरू मलाई अवसर दिनुहोस् । म तपाईंहरूलाई १० वर्षमा सुध्रेको राजनीति दिनेछु । प्रधानमन्त्री हुने मान्छेलाई जिताउने कि प्रधानमन्त्रीकाे सल्लाहकार हुनेलाई जिताउने ? ’

महामन्त्री थापाले अबको निर्वाचनपछि पनि मतदाताको प्रतिष्ठा राख्ने काम सांसदहरूले नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नै नरहने चेतावनीसमेत दिए।

प्रकाशित मिति : २०७९, २२ कार्तिक मंगलबार ००:००  ५ : १६ बजे