२०८१, २५ माघ शुक्रबार | Sat Feb 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा ३ मा २ पूर्वमन्त्रीबीच कडा प्रतिस्पर्धा, जीत नजिक एमालेका लिला



सिरहा । सिरहा–३ मा सत्ता गठबन्धन र नेकपा एमाले–जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभामा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादीका स्थायी समिति सदस्य विश्वनाथ साह र एमाले–जसपा गठबन्धनका तर्फबाट एमालेका पोलिटव्यूरो सदस्य लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।

यस क्षेत्रको ४१ वडामा गत स्थानीय तह निर्वाचनमा एमाले–जसपाले प्राप्त गरेको मत परिणामको आधारमा अगाडि रहेकोले आफ्नो जित सुनिश्चित रहेको पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले बताउँदै आएका छन् । माओवादी केन्द्र,  काँग्रेस  र एकीकृत समाजवादीको गठबन्धनमा देखिएको असन्तुष्टिले आफ्नो जितलाई सुनिश्चित बनाएको श्रेष्ठको तर्क छ ।

सिरहाको निर्वाचन क्षेत्र नम्बर ३ मा गोलबजार नगरपालिकाको १२ वडा, नरहा गाउँपालिकाको १ र २ वडा, विष्णुपुर गाउँपालिकाको १ र ५, अर्नमा गाउँपालिकाको १, २ र ३ बटा र सिराहा नगरपालिकाका २२ वटै वडा गरी ४१ वडा पर्दछ ।

गत स्थानीय तहलाई आधारमान्दा सत्ता गठबन्धनका वडा अध्यक्षहरूले जम्मा ३४ हजार ५४ मत प्राप्त गरेका थिए । जसमध्येय नेकपा माओवादी केन्द्रले ९ हजार ५७१,  कांग्रेसले १८ हजार १६,  एकीकृत समाजवादीले ६ हजार २१० र तमलोपाले २५७  प्राप्त गरेको थियो ।

एमाले–जसपा गठबन्धनको पक्षमा ३४ हजार ८३० मत खेको थियो । जसमध्येय नेकपा एमालेले २० हजार १३७ र जसपाको १४ हजार ६९३ मत प्राप्त गरेको थियो ।

दुवै गठवन्धनको स्थानीयमा पाएको मतान्तर धेरै फाराकिलो देखिन्न । वाम लोकतान्त्रिक गठबन्धनभन्दा एमाले जसपा गठबन्धन ७७६ मतले अगाडि छ । तर एमालेका लिलानाथ श्रेष्ठले विकास निर्माणका काम गरेर नागरिकको मन जितेका उनको पक्षमा माहोल बनेको छ । स्थानीय तहको मतको आधारमा पनि श्रेष्ठ बलिया छन् ।

दक्षिणी भेगबाट गत भदौ ३१ गते सिरहामा ओली आएर एमाले प्रवेश गराएका गोपाल यादव र  सिराहाका नगरप्रमुख नवीन कुमार यादवको भाइ प्रवीणकुमार यादवले प्रदेशमा स्वतन्त्र उम्मेदवारी दिएकाले श्रेष्ठलाई चुनौती थपिएको बताइए पनि उनीहरुले अन्नतः श्रेष्ठलाई समर्थन गर्ने सम्भावना रहेको बुझिएको छ ।  

सिराहा–३ को प्रदेश ‘क’ मा नेपाली कांग्रेसको तर्फबाट रामसगुन यादवले उम्मेदवारी दिएका छन् । मनोनयनकै दिन जसपाबाट पार्टी प्रवेश गराएर मनोज सिंहलाई नेकपा एमालेले उम्मेदवार बनाएको छ । यस प्रदेशमा पनि यादव र महतोबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेशसभका लागि ३ को ‘क’ बाट नेपाली कांग्रेस, नेकपा एमाले, जनमतसहित ५ पार्टीका र ११ स्वतन्त्रगरी १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश ३ को ‘ख’ बाट सता गठबन्धनका प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन् । उनी प्रदेश कानुन मन्त्री तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष समेत हुन् । एमाले–जसपा गठबन्धनका रेणु कुमारी यादको उम्मेदवारी परेको छ । यहाँ गोपाल प्रसाद यादव र सिरहा नगरपालिकाका मेयर नविन यादबका भाई प्रविन यादबले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ स्वतन्त्र उम्मेदवारको प्रभावपनि उत्तिकै छ ।

२०७४ को निर्वाचनमा नेकपा एमाले–माओवादी गठवन्धनबाट श्रेष्ठ निर्वाचित भएका थिए । यस क्षेत्रमा ७ पार्टीका र १४ स्वतन्त्र सहित २१ जनाको प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी परेको छ ।

एमालेका श्रेष्ठ जित नजिक रहेकाले निष्पक्ष भोट समेत उनकै पक्षमा ढल्किने नेकपा एमाले सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २४ कार्तिक बिहीबार ००:००  २ : २१ बजे