२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समुदायमा कोरोना संक्रमण फैलिएको छैनः मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना नफैलिएको जनाएको छ । शुक्रबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना नफैलिएको बताएका हुन् ।

उपत्यकाको अति भीडभाड हुने विभिन्न स्थानमा गरिएको कोरोना नमूना परीक्षणको नतिजाले समुदायमा कोरोना नफैलिएको मन्त्रालयले जनाएको छ । उपत्यकामा करिब ४ हजार ८ सय जनाको नमूना संकलन गरिएकोमा शुक्रबार ३ जनामा मात्र कोरोना पुष्टि भएको छ ।

जसमध्ये दुईजना विदेशबाट आएका र एकजना व्युटिपार्लर व्यवसायमा संलग्न रहेको पाइएको प्रवक्ता डा.गौतमले प्रष्ट पारे । काठमाडौंलगायत ठूला सहरमा देखिने भीडभाडले कोरोनाको जोखिम बढाएको भन्दै स्वास्थ्यप्रति सचेत रहन मन्त्रालयले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार ००:००  १२ : ०९ बजे