२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकुल-राजन दुस्मनीको असर: बुनपाका काभ्रेली मतदाता राजनसँग रुष्ट



काठमाडौं । सोमबार बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा बसोबास गर्ने पराजुली थरका एक व्यक्तिले नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईप्रति बुढानीलकण्ठ नगरपालिकाको एउटा तप्का असन्तुष्ट छ । याे सूचना दिने ती व्यक्तिको पहिचान खोज्दै जाँदा उनी पनि रहेछन् एमालेकै कार्यकर्ता । त्यसपछि अलिकति शंका उत्पन्न भयो । एमालेकै कार्यकर्ताले किन भट्टराईको विरुद्धमा समाचार दिइरहेका छन् ? त्यसपछि बिस्तारै उनले आफ्नो असन्तुष्टिहरु पोख्दै गए ।

उनी थिए काभ्रेबाट केही समयअघि मात्रै काठमाडौं आएर बुढानीलकण्ठमा बसोबास गरिरहेका व्यक्ति । काभ्रेमा हुँदा पुख्र्याैली एमाले रहेका उनको परिवार राजनीतिमा पनि सचेत परिवारमध्ये नै पर्ने रहेछ । यहाँ आएपछि पनि उनीहरुमा राजनीतिको भूत चढ्नु स्वाभाविक नै हो । उनीहरु एकपटक राजन भट्टराईसँग नजिक हुने प्रयास पनि गरे । तर यहाँ सिन्धुपाल्चोकेहरुले अरुलाई मान्छे नगन्ने रहेछन् । राजन उनीहरुको इसारामा मात्रै चल्ने रहेछन् । त्यसपछि बिस्तारै राजनसँग उनी रुष्ट हुन थाले । उनी जस्तै रुष्ट भएकाहरु यतिबेला राजनको विरुद्धमा मोर्चाबन्दीमा छन् ।

केही दिनअघि भट्टराईले गोकुल बाँस्कोटासहित उनका केही सहयोगीहरुलाई सामाजिक सञ्जाल ट्वीटरमा अनफलो गरेका थिए । आइतबार र सोमबार यो विषयले सामाजिक सञ्जालमा छताछुल्ल भएपछि काठमाडौंखबरले यो समाचार हालेको थियो । त्यही समाचारपछि ती व्यक्ति भौतिक रुपमा पनि काभ्रेली मतदाताहरु उनीसँग सन्तुष्ट हुन नसकेको विषय सुनाउन काठमाडौंखबरको सम्पर्कमा आएका थिए ।

दुवै जना एमाले अध्यक्ष केपी शर्मा ओली निकटका पात्रहरू हुन् । डा.भट्टराईले बाँस्कोटासहित उनी निकटका समर्थक एवं कार्यकर्तालाई छानीछानी अनफलो गरेपछि उनीहरुबीचको दुस्मनी सामाजिक सञ्जालमा छताछुल्ल भएको थियो । भट्टराईले बाँस्कोटा निकटका कार्यकर्ता एवं पत्रकारले गगन थापाको विरोध नगरेको बहाना बनाएर आफूलाई अनफलो गरेको बुटवल स्थायी घर भएका नेपाल राष्ट्रिय वाणिज्य संघका केन्द्रीय सचिव अर्जुन आचार्यले गुनासो गरेका थिए । उनी एमाले नेताहरु गोकुल बाँस्कोटा पक्षीय कार्यकर्ता हुन् ।

त्यस्तै, डा. राजन भट्टराईले गोकुल बाँस्कोटालाई भने पहिले फलो गरेको भए पनि केहीदिन अघि मात्रै अनफलो गरेका थिए । यद्यपि गोकुल बाँस्कोटाले भने भट्टराईलाई अनफलो गरेका छैनन् । उनीहरुबीच ओलीको किचन क्याबिनेटका यी दुईमध्ये को ओली नजिक रु भन्ने विषयमा पहिलेदेखि नै हानाथाप गर्दै आएका थिए । तर चुनावको मुखमा प्रतिस्पर्धी गगन थापालाई गाली नगरेपछि भने भट्टराई बाँस्कोटाको टीमसँग रुष्ट बनेका हुन् ।

अहिले काठमाडौं क्षेत्र नं ४ मा पाँचदेखि सात प्रतिशत मतदाता काभ्रेबाट बसाइँ सरेर आएकाहरू छन् । गोकुलसँगको असमझदारीले ती मतदाताहरूमा समेत प्रभाव पार्ने ती व्यक्तिले दाबी गरेका छन् । ‘उहाँलाई त सिन्धुपाल्चोकेहरू नै पूर्ण लाग्छ, तर काभ्रेबाट आएकाहरूको पनि मत कमजोर भने छैन । यो बुझ्नु जरूरी छ ।’ उनले भनेका छन् ‘हामी गोकुल बाँस्कोटासँगको दुस्मनीका कारणभन्दा पनि हामीलाई बेवास्ता गरेका कारण बढी आक्रोशित छौं ।’-kathmandukhabar

प्रकाशित मिति : २०७९, २५ कार्तिक शुक्रबार ००:००  १० : ४८ बजे