२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीलाई भोट नहाल्ने भन्दै ओखलढुंगा कांग्रेसका सयौं नेताले पार्टी त्यागे, च्यानममा भुपध्वजको नेतृत्वमा एमाले प्रवेश



च्यानम । कांग्रेस माओवादी गठबन्धन अपवित्र भन्दै ओखलढुंगा कांग्रेसका नेता कार्यकर्ताले पार्टी त्यागेका छन् । कांग्रेस विधि अनुसार नचलेको र भागबन्डा गरेर सिद्वान्त नमिल्नेहरुसँग तालमेल गरेको भन्दै कांग्रेसका पुराना नेताहरुले पार्टी त्यागेका हुन् ।

च्यानमका पूर्वसभापति भुपध्वज कट्वालको नेतृत्वमा कांग्रेस र माओवादी परित्याग गरि आज ५४ जना नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नवप्रवेशीलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवार, प्रदेशसभाका उम्मेदवार ज्ञानबहादुर खड्का जिवी, केन्द्रीय सदस्य किशोर अधिकारी, पार्टी अध्यक्ष शंकरकट्वाललगायतले स्वागत गरेका थिए ।

प्रदेशसभामा माओवादीको उम्मेदवारलाई भोट हाल्नुपर्ने भएकाले भागबन्डाको राजनीतिले जिल्लाको विकास र मुलुकको निकास नदिने भएर पार्टी परित्याग गरेको नेता भुपध्वज कट्वालले बताए ।
आफुहरुले विद्रोह गरेझैं अरु कांग्रेस कार्यकर्ताले गठबन्धनलाई पार्टीमै बसेर पनि भोट नदिने बताए ।

च्यानममा डेढ सयलाई प्रवेश गराउने एमालेको लक्ष्य रहेको युवा संघ नेता सन्तोष बस्नेतले बताए ।

प्रकाशित मिति : २०७९, २७ कार्तिक आइतबार ००:००  ३ : ०१ बजे