२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ राजमार्ग पुर्णरुपमा अवरुद्ध



काठमाडौं । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै गएराति फेरि ठूलो पहिरो खसेपछि यातायात पुर्णरुपमा बन्द भएको हो ।

पहिरोले लु १ क ११७५ नम्बरको ट्रकलाई पुरेको छ । सामान्य पहिरो खस्न थालेपछि ट्रक बचाउन ब्याक गर्ने क्रममा सडक छेउको नालीमा फसेपछि पुनः पहिरो खसेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए । चालक र सहचालक भाग्ने मौका पाएकाले मानवीय क्षति हुन नपाएको उनको भनाई छ ।

सडक सुचारु गर्न तानसेनतर्फबाट डोजर लगाइसकिएको छ भने झुम्साबाट अर्को डोजर मगाएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने प्रहरीले जनाएको छ ।

बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार ००:००  ४ : ४५ बजे