२०८१, ४ बैशाख मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिवी खड्काकाे चुनावी प्रचारमा ज्याेती मगर !



ओखलढुंगा । ओखलढुंगामा चुनावी सरगर्मी बढेको छ । मतदान गर्नेदिन नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा रहेका दलका उम्मेदवारले सरगर्मी बढाएका हुन् ।

यसवर्षको निर्वाचन ओखलढुंगामा विभिन्न कोणबाट प्रतिस्पर्धात्मक छ । कांग्रेस, एमाले र माओवादीका हेभीवेट मानिएका जिल्लाका सबै नेता चुनावी मैदानमा छन् । एमालेका २ केन्द्रीय सदस्य यज्ञराज सुनुवार र किशोर अधिकारी, कांग्रेसका २ केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवार आफैं उम्मेदवार छन् । माओवादीका केन्द्रीय सदस्य बाबुराम गौतम, एमालेका प्रभावशाली नेता पूर्वमन्त्री अम्बिरबाबु गुरुङ र युवापुस्ताका नेता जिवी खड्का मैदानमा छन् ।

कांग्रेसका उम्मेदवार रामहरि खतिवडा र एमालेका उम्मेदवार यज्ञराज सुनुवारका अन्तिम अन्तिम चुनावी सभा व्यक्तिगत आरोप प्रत्यारोपमा केन्द्रीत हुने गरेका छन् । ५ वर्षअघिको निर्वाचन र अहिलेको निर्वाचनमा एउटै रणनीति र उस्तै भाषण गरेर दुवै नेताले एकले अर्काको खैरो खनिरहेका छन् ।

नेताहरुको भाषणमा मात्रै होइन कलाकारले समेत कला मार्फत दलको उम्मेदवारका पक्षमा प्रतिस्पर्धात्मक प्रस्तुती दिइरहेका छन् ।

ओखलढुंगामा एमाले र गठबन्धनले कलाकार ल्याउन पनि नौलो प्रतिस्पर्धा गरेका छन् । केही दिनअघि पलापुमा कांग्रेस माओवादीको चुनावी सभामा प्रिती आलेमगर ल्याएर मनोरञ्जन दिलाउँदै मत माग्यो । पलापु मगरको बाहुल्यता भएको क्षेत्र हो । प्रितीले उपस्थित सबैलाई छमछम नचाएर फर्किइन । पलापुको कार्यक्रम गठबन्धनको उल्लेख्य उपस्थिती भएको सभाका रुपमा हेरिएको थियो ।

सोही ठाउँमा १ गते एमालेले ज्योती मगर ल्याउने भएको छ । १ गते हुने एमालेको चुनावी सभामा ज्योती मगर ल्याएर मगर समुदायको मत माग्ने एमालेको योजना छ । प्रदेशसभाका उम्मेदवार जिवी खड्काले मगर समुदायकाे प्रभाव रहेकाे पलापुमा ज्याेती मगर ल्याएर मनाेरञ्जनसहितकाे प्रचार गर्न लागेका हुन् ।

चर्चित कलाकार ल्याउँदा दर्शकको भिड बढ्ने र सोही भिडमा आफ्ना ऐजेण्डा सुनाएर भोट माग्न पाइने भएकाले दलहरुले कलाकार ल्याउन पनि प्रतिस्पर्धा गर्ने गरेका छन् ।

दलहरुले चुनावी प्रचार केही दिनयता आक्रामक बनाएका छन् ।

पार्टी प्रवेश गराउने होटबाजी चलिरहेको छ ।

कार्यकर्ताहरु आ आफ्नो पार्टी र उम्मेदवारका पक्षमा लागेका छन् ।

मतदाताहरु गाउँफर्कन थालेका छन् ।

मतदातालाई गाउँ फर्काउन दलहरुले निःशुल्क बस सेवा दिन थालेका छन् ।

प्रकाशित मिति : २०७९, २९ कार्तिक मंगलबार ००:००  १० : ४० बजे