२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनसरीमा फेरि गोली चल्यो, एकजना गम्भीर घाइते



काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ । गएराति सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरास्थित झडपको क्रममा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन् ।

पेटमा गोली लागेका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए । गएराति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा आक्रमण भएपछि गोली चलेको बताइएको छ ।

सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ । तस्कर समूहको आक्रमणबाट प्रहरी जवान पनि घाइते भएका छन् ।

सुनसरीमा लगातार दोस्रो दिन गोली चलेको हो । यसअघि बिहीबार राति करिब ११ बजे सुनसरीको देवानगञ्ज गाउँपालिका–३ पानीटंकीमा नेपाल प्रहरी र आपराधिक समूहबीच गोली हानाहान भएको थियो ।

प्रकाशित मिति : २०७७, ३ श्रावण शनिबार ००:००  ४ : ५७ बजे