२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बन्यो एमाले, कुन पार्टीको मत कति



काठमाडौं। प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमालेले एक लाख मत कटाएको छ । प्रारम्भिक मत परिणाम अनुसार एमाले समानुपातिकतर्फ एक लाख मत कटाउने पहिलो दल बनेको छ । एमालेले अहिलेसम्म प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एक लाख एक हजार ६६५ मत पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेस छ । कांग्रेसले अहिलेसम्म ८७ हजार २२५ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६ हजार ३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्र ३८ हजार २८८ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले २५ हजार ९९८ मत पाएको छ ।

यस्तै, जसपा नेपालले ८ हजार १३४, जनमत पार्टीले ७ हजार ४६२, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ४७६ मत पाएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टीले ५ हजार ४३४, नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।

प्रकाशित मिति : २०७९, ६ मंसिर मंगलबार ००:००  ४ : २६ बजे