२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसी बने चार संस्करणको विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टाइन खेलाडी



काठमाडौं। लिओनल मेसीले फिफा विश्वकपको चार संस्करणमा गोल गर्ने इतिहास बनाएका छन्।

मंगलबार फिफा विश्वकप २०२२ अन्तर्गत साउदी अरेबियाविरुद्ध गोल गरेसँगै मेसीले चार विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टाइन खेलाडीको रेकर्ड बनाएका छन्।

उनले मंगलबार दशौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए।

यसअघि मेसीले २००६ को विश्वकपमा एक गोल, २०१४ को विश्वकपमा चार गोल र २०१८ को विश्वकपमा एक गोल गरेका थिए। सन् २०१० मा भने मेसीले गोल गर्न सकेका थिएनन्।

मेसीले चार विश्वकपमा गोल गर्दै विश्वकपमा गोल संख्या सात पुर्‍याएका छन्।

प्रकाशित मिति : २०७९, ६ मंसिर मंगलबार ००:००  ४ : ५२ बजे