काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य प्रदेशसभा निर्वाचनमा विजयी भएका छन् ।
आचार्यले अर्घाखाँची ‘क’ बाट चुनाव जितेका हुन् ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले गठबन्धनको तर्फबाट उमेदवार रहेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई पराजित गरेका हुन् ।
आचार्यले २० हजार ५४८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी केसीले १९ हजार ७७८ मत ल्याएका छन् ।