२०८१, ७ बैशाख शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप : जर्मनीविरुद्ध जापानको २ गोल



काठमाडौं । चार पटकको विजेता जर्मनीलाई २–१ गोलको नतिजामा पराजित गर्दै जापानले कतारमा जारी फिफा विश्वकप २०२२मा सानदार सुरुआत गरेको छ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा बुधवार सम्पन्न खेलमा जापानलाई जित दिलाउन रित्सु दोआन र ताकुमा आस्नोले गोल गरे । भने जर्मनीका लागि इल्के गुन्डोगनले गोल गरे ।

खेलको ३३औँ मिनेटमा गुन्डोगनले पेनाल्टीमार्फत गरेको गोलमा अग्रता लिएको जर्मनीले अन्तिमसम्म त्यसलाई बचाउन सकेन ।

मैदान प्रवेश गरेको पहिलो मिनेटमै दोआनले गोल गर्दै जर्मनीविरुद्ध खेललाई १–१ को स्थितिमा ल्याएका थिए ।
उनी ७४औँ मिनेटमा हिरोकी साकाईको स्थानमा मैदान प्रवेश गरेका थिए ।
प्रतिस्पर्धात्मक खेलको ८३औँ मिनेटमा आस्नोले गोल गर्दै जापानको जित २–१ले सुनिश्चित गरे ।
जितसँगै समूह ‘ई’ मा जापानले तीन अंक जोडेको छ ।
जर्मनीले ९९९४ देखि सुरुआती अग्रता लिएर पहिलो पटक विश्वकपको पहिलो खेलमा पराजय बेहोरेको हो ।

प्रकाशित मिति : २०७९, ७ मंसिर बुधबार ००:००  ९ : ३७ बजे