ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘क’ का नवनिर्वाचित सांसद प्रदीपकुमार सुनुवारले जनताको आशालाई निराशामा परिणत हुन नदिने प्रतिवद्धता जनाएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत मतदातालाई धन्यवाद दिँदै सांसद सुनुवारले चुनावी बाचा प्रति प्रतिवद्ध हुने र जनताको आशालाई निरासामा परिणत हुन नदिने बताएका हुन् ।
ओखलढुंगा जिल्ला, १ नं प्रदेश र सिंगो देशको विकासमा सबैको साझा सोच र साझा धारणा रहेको भन्दै जिल्लाको विकास, सुशासन, र समाजमा सकरात्मक परिवर्तनका लागि आफुले गरेका वाचा पुरागर्ने प्रतिवद्धता जनाएका हुन् । ‘जिल्लाको विकास, सुशासन, र समाजमा सकरात्मक परिवर्तनका लागि याहाँहरुसँग मेरो जुन प्रतिबद्धता छ त्यस प्रति प्रतिबद्ध रहने छु ।’ उनले भनेका छन्, ‘हजुरहरुको विश्वासलाई अनविश्वासमा, आशालाई निराशामा परिणत हुन दिने छैन ।’ सांसद सुनुवारले निर्वाचन सफल बनाउने खट्ने सबै पक्षलाई धन्यवाद दिएका छन् ।