२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु



काठमाडौं । प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सबैजनाको मृत्यु भएको मृत्यु भएको प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

मृत्यु हुनेहरुमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, २५ वर्षीय कबिराम बस्नेत, १९ वर्षीय विरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र उमेर नखुलेका गोवर्द्धन बुढामगर छन् । मृतक सबै रोल्पा रुम्टीगढीबाट भिङ्गृ–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका मजदुर रहेको बताइएको छ ।

अहिले हुस्सु लागिरहेका कारण उद्धारमा कठिनाइ भएको पौडेलले बताए । धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको सो ट्याक्टरमा आठ जना सवार रहेका थिए । तीमध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  ३ : ३० बजे