२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रन्जु दर्शनाको जमानत जफत



काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ ।

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् ।

उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी हुन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

यसपटक प्रतिनिधि सभा सदस्यमा उठ्दा निकै कम मत प्राप्त गरेकी हुन् । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ । कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटीबापत रकम फिर्ता हुँदैन ।

यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेसका प्रदीप पौडेलले ३४.४ अर्थात, १५ हजार २५७ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९, ८ मंसिर बिहीबार ००:००  ३ : २२ बजे