२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित



काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्।

बिहीबार मध्यराति सार्वजनिक मत परिणाम अनुसार किराती २ हजार ३८५ मतान्तरसहित विजयी बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राईले २६ हजार १९३ मत ल्याएका छन् । किराती २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस समयमा उनी नेकपा एमालेसँगको गठबन्धनको साझा उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति : २०७९, ९ मंसिर शुक्रबार ००:००  ११ : ४५ बजे