काठमाडौं । सिराहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई पराजित गर्दै दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठले साहलाई १ हजार १ सय ८२ मतले पराजित गरेका छन् ।
श्रेष्ठ २८ हजार ६४ मत पाएका छन् । साहले २६ हजार ८ सय ८२ मत पाए । उनलाई जसपाको समर्थन थियो । साह सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।