२०८१, ६ बैशाख बिहीबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकपको समूह चरणका अन्तिम खेलहरु आज



काठमाडौं।विश्वकप फुटबलमा आज शुक्रबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् ।

आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्को खेलमा घानाले उरुग्वेको सामना गर्नेछ ।

आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।

यस समूहबाट पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आजको खेलमा जित निकाल्दै घाना अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछ ।

उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ । यसै समयमा हुने अर्को खेलमा पोर्चुगल जित निकाल्दै समूहमा अपराजित हुँदै समूह चरण अन्त्य गर्ने योजनामा छ । दक्षिण कोरियाको पनि सोही योजना छ । तर, घाना र उरुग्वेबीचको नतिजामा भर पर्नु पर्नेछ ।

आज नै हुने विश्वकपको समूह चरणका अन्तिम दुई खेलहरुमा सर्बीयाले स्वीजरल्यान्डसँग खेल्दा ब्राजिलले क्यामरुनको सामना गर्नेछ । समूह ‘जी’ को एक टोलीको अघिल्लो चरण प्रवेश सम्भावना निर्धारण हुनेछ ।

ब्राजिल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आजको खेलमा जित निकाल्दै स्वीजरल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुग्ने योजनामा छ । यता क्यामरुन र सर्बीयाको पनि सोही लक्ष्य हुनेछ ।

दुबै खेल नेपाली समय अनुरास राति १२ः४५ मा हुनेछन् ।

प्रकाशित मिति : २०७९, १६ मंसिर शुक्रबार ००:००  ११ : ३५ बजे