२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो साउने सोमबार पशुपतिनाथको मन्दिर नखुल्ने



काठमाडौं । दर्शनार्थीका लागि यस बर्ष साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो । सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदैछन् । तर, भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।
हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए । हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् । तर, यस बर्ष भने बोलबोम यात्रा पनि नहुने भएको छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  ३ : ४८ बजे