२०८२, १० चैत्र मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुराम भट्टराई भन्छन्- काठमाडौंका सुकुम्बासीलाई घडेरी दिन सकिन्न, अपार्टमेन्टमै राख्ने हो



काठमाडौं । म प्रधानमन्त्री भएका बेला काठमाडौंका मुख्यगरी दुई समस्यालाई प्राथमिकतामा राखेर काम गरिएको थियो।

काठमाडौंको सहरीकरणबारे मैले जोड दिएका दुई क्षेत्र( ट्राफिक जाम हटाउने र सुकुम्बासी समस्या समाधानका थिए।

पहिलो, ट्राफिक जाम। मुख्य सडकहरू जुन २०३३र०३४ सालदेखि विस्तार हुन सकेका थिएनन्, तिनीहरूलाई विस्तार गर्ने भन्ने प्राथमिकतामा थियो।

दोस्रो, काठमाडौं उपत्यकाका नदीहरू ढलमा परिणत भए र त्यसका किनारमा सुकुम्बासी बस्ती वर्षौंदेखि विस्तार भइरहेकोमा यसलाई उचित टुंगो गरौं भन्ने हो। मैले मन्त्रालयका कर्मचारीहरूलाई बोलाएर यसबारे कुरा पनि गरें। प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा अन्य मन्त्रालयका सचिव, विभागका प्रमुख र आवश्यक पर्दा मन्त्रीहरू बोलाएर मैले समन्वयका काम गरें।

गाउँको अर्थतन्त्र भत्केर रोजगारी नपाएर मान्छे सहर पस्छ। सहरमा आइसकेपछि आम्दानीले उचित बसोबासको व्यवस्था हुन सक्दैन, उसले भाडा तिर्न सक्दैन। त्यसैले सार्वजनिक स्थलहरूमा झुपडी बनाएर उनीहरू बस्ने गर्छन्, यो संसारभरिको प्रक्रिया हो। काठमाडौंमा पनि सुकुम्बासी बस्ती धेरै छन्। यसको व्यवस्थापन भने कतिपयले डोजर लगाएर वा लठ्ठी लगाएर लखट्यो भने हुन्छ भन्छन्। त्यो समाधान होइन। यो कुरा मैले बुझेको थिएँ। सुकुम्बासी कस्ता प्रकृतिका छन् भनेर हामीले सुरूमा सर्वेक्षण गर्ने काम गरियो।

प्रकाशित मिति : २०७९, १६ मंसिर शुक्रबार ००:००  १२ : १५ बजे