२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज, बम नभएको पुष्टि



काठमाडौं । एमालेका नेता तथा काभ्रेका नवनिर्वाचित सांसद गोकुल बास्कोटाको घरमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा फेला परेको उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बम जस्तो देखिएपनि बम भने नभएको सेनाले जनाएको छ ।

प्रहरीले बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर लगतै नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो ।

आज बिहान बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला थियो । बिहान पसल जाने क्रममा छिमेकीले घरको पेटीमा प्रेसरकुकरमा राखिएको अवस्थामा बम जस्तो वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

नवनिर्वाचित बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन् ।

प्रकाशित मिति : २०७९, १८ मंसिर आइतबार ००:००  १० : ४४ बजे