२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको कालिकाबाट १६ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ



चितवन । चितवनमा प्रतिबन्धित लागुऔषध गाजाँसहित दुर्ई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका ११ मझवाङ बस्ने बर्ष अन्दाजी ४० को बुद्धि बहादुर चेपाङ र बिनोद चेपाङ हुन् ।

प्रहरीले उनीहरुको घरबाट गाँजा बरामद गरिएको जनाएको छ । बुद्धि बहादुर चेपाङको घरमा ८।७२६ किलो र बिनोद चेपाङको घरबाट ७।९१८ किलो गरि १६ किलो ६४४ ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिए ।

उनीहरुलाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २२ मंसिर बिहीबार ००:००  १२ : २३ बजे