२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप फुटबल क्वाटर फाईनलको पहिलो खेलमा आज ब्राजिल र क्रोएसिया बीच प्रतिस्पर्धा



काठमाडौं। विश्वकप फुटबलको पहिलो क्वाटरफाइनल खेलअन्तर्गत आज ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

एजुकेसन सिटी स्टेडियममा हुने खेलमा आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहनेछन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ ।​ लुसाइल स्टेडियममा हुने अर्जेन्टिना र नेदरल्यान्ड बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिना र नेदरल्यान्ड्स पनि जित निकाल्दै अन्तिम चारमा पुग्ने योजनाका रहेका छन् ।

प्रकाशित मिति : २०७९, २३ मंसिर शुक्रबार ००:००  १० : ३५ बजे