२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपत्यकामा साझा बस चढ्नेले पाँच नियम अनिवार्य पालना गर्नुपर्ने (सूचीसहित)




काठमाडौं ।
काठमाडौं उपत्यकामा साझा यातायातका बस चढ्ने यात्रुहरुले पाँचवटा नियम अनिवार्य रुपमा पालना गर्नुपर्ने भएको छ । कोरोना भाइरस बाट बच्न यात्रुले पाँच नियम पालना गर्नुपर्ने साझाले जनाएको छ ।
साझाले व्यक्तिगत दूरी कायम नहुने गरी बसभित्र भीड गरिएमा बसको चालकले बसअगाडि नबढाउने बताएको छ । कोरोनाको समयमा सार्वजनिक यातायातमा सरकारले तोकेको मापदण्डअनुसार व्यक्तिगत दूरी राख्दै साझाले बस सेवा सुरु गरेको हो ।
यात्रुले मान्नुपर्ने ५ नियम यी हुन्
१. बसमा यात्रा गर्दा यात्रुहरुले व्यक्तिगत सुरक्षाको लागि अनिवार्य रुपमा मास्क लगाउनुपर्ने सेनिटाइजर र पञ्जा प्रयोग गरेको हुनुपर्नेछ ।
२. यात्रुहरुले बस चढ्दा र ओर्लिँदा व्यक्तिगत दूरी कायम गर्नुपर्नेछ ।
३. यात्रुहरुले बस चढ्दा तोकिएको भाडादरअनुसार खुद्रा पैसाको बन्दोबस्त आफैँले गर्नुपर्नेछ ।
४. यात्रुहरुले व्यक्तिगत दूरी कायम गरी यात्रा गर्दा बसको तोकिएको सिटमा बसी यात्रा गर्नुपर्नेछ ।
५. यात्रुहरुको कारण व्यक्तिगत दूरी र सरकारको सुरक्षा मापदण्ड पूरा नभएको अवस्थामा बस अगाडि बढाइनेछैन। यसको जवाफदेही यात्रु स्वयं हुनेछ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  ६ : ३२ बजे