२०८२, ९ चैत्र सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीबोर्डमा निदाउँदा ट्रान्सफर भयो ३० अर्ब रुपैयाँ अर्कैको एकाउन्टमा



एउटा वयस्क मानिसलाई दैनिक औसत सात घण्टाको निन्द्रा आवश्यक पर्छ ।

र,क्सी पिएको मानिस जस्तो थकित हुन्छ, निन्द्रा नपुगेको मान्छे पनि त्यस्तै थकित हुन्छ । ​निन्द्रा नपुगेकै कारण सन् २०१३ मा जर्मनीमा एउटा ठूलो घ,टना भएको थियो ।

भएको के थियो भने, जर्मन बैंकका एक कर्मचारी काम गर्दा गर्दै कम्प्युटरको कीबोर्डमा निदाएछन् । त्यसपछि उनको टाउकोले कीबोर्डको अङ्क दबेर बैंकबाट २२२ करोड २२ लाख बढी युरो ट्रान्सफर भयो ।

बैंकले एक अवकाश प्राप्त व्यक्तिलाई ६२।४० युरो करिब आठ हजार ६३८ रुपैयाँ ट्रान्सफर गर्नुपर्ने थियो ।

तर, बैंकका कर्मचारी कीबोर्डमा निदाउँदा उनको टाउकोले २ अङ्क यति धेरै पटक टाइप भयो कि, ६२ युरो पठाउनुपर्नेमा २२ करोड २२ लाख २२ हजार २२२ युरो २२ सेन्ट ट्रान्सफल भयो । जसलाई नेपाली रुपैयाँमा परिणत गर्दा ३० अर्ब ६६ करोड बढी रुपैयाँ हुन आउँछ ।

त्यसलगतै बैंकले उक्त गल्ती पत्ता लगायो । पैसा ट्रान्सफर गर्ने कर्मचारी बर्खास्तमा परे । उक्त मु,द्दा अदालतमा पुगेपछि कर्मचारीलाई पुनः काममा बहाल गर्न आदेश दिइयो ।

यो एक प्रतिनिधिमूलक घ,टना हो । केही अनुसन्धानलाई आधार मान्ने हो भने अहिले विभिन्न बहानामा निन्द्रा नपुर्‍याउने प्रवृत्ति बढिरहेको छ, जसकारण मानिसहरुले ध्यानपूर्वक आफ्नो नियमित काम गर्न सकिरहेका छैनन् ।

अझ विश्वकप फुटबलको समय चलिरहेको बेला प्रायः किशोर(युवा उमेरका मानिसहरुको निन्द्रामा असर पुगिरहेको छ । यसले उनीहरुको पढाइ र काममा बाधा पुगेको अड्कल गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७९, २३ मंसिर शुक्रबार ००:००  १ : ३८ बजे