२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कन्फम सांसद भनिएका पेशल खतिवडा र किशोर अधिकारी सांसदको सूचिबाटै आउट

ओखलढुंगाबाट कुनै नेता समानुपातिक सांसद बनेनन्



काठमाडाैं । समानुपातिकबाट कन्फम सांसद भनिएका ओखलढुंगाका २ बामपन्थी नेताहरु सांसदको अन्तिम सूचिबाट आउट भएका छन् । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक सूचिमा खसआर्य तर्फ दोस्रो नम्बरमा रहेका पेशल खतिवडा र नेकपा एमालेबाट प्रदेश १ मा समानुपातिक सूचिको खसआर्य पुरुष तर्फ पहिलो नम्बरमा रहेका किशोर अधिकारी दुवै पार्टीको अन्तिम सूचिमा नपरेका हुन् ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा दुवै नेताले चुनावी अभियानकै क्रममा पक्का सांसदका रुपमा हेरिएको थियो । दलका चुनावी कार्यक्रमहरुमा सांसदकै रुपमा सम्मान गर्ने गरिएको थियो भने पछिल्ला दिनहरुमा कार्यकर्ताहरुले जिल्लाका दुई पुराना कम्युनिष्ट नेताहरु सांसद बन्नु सुखद् सन्देश भन्दै खतिवडा र अधिकारीलाई बधाई दिएका थिए ।

खतिवडा र अधिकारी दुवै जिल्लाका पुराना निष्ठावान नेतामा पर्छन् । कम्युनिष्ट पार्टीमा जिवनभर योगदान गरेका यि दुवै नेताहरु संसदिय भूमिकामा पुग्न सकेका छैनन् । प्रत्यक्षमा पटक पटक चुनाव लड्दा पनि जिल्लाबाट पराजित भएका थिए । यो पटक समानुपातिकबाट सांसद बन्ने अन्तिम समयमा दलहरुले नाम हेरफेर दर्ता दुवै नेता सूचिबाट हटेसँगै यो पटक पनि सांसद बन्ने सम्भावना सकिएको छ ।

जिल्लाबाट नेकपा माओवादी केन्द्रको संघमा खतिवडासँगै महिला सूचिमा परेकी चम्पा कार्की, प्रदेश सांसदको समानुपातिक सूचिमा परेका विनोद सुनुवार, नेकपा एसको प्रदेश सांसदको सूचिमा रहेकी शारदा निरौला, जसपाका दिर्गमान तामाङ्ग पनि पार्टीको समानुपातिक सांसदको सूचिमा परेका छैनन् । नेपाली कांग्रेसबाट प्रदेशसांसदको सूचिमा रहेका पेमानिमा शेर्पाको विषयमा निर्णय भइसकेको छैन । स्रोतका अनुसार उनको पनि सूचिमा पर्ने सम्भावना छैन ।

समानुपातिक सहित कम्तीमा ६ सांसद भनिएको ओखलढुंगाबाट अब प्रत्यक्ष निर्वाचित ३ सांसद मात्रै प्रतिनिधिको रुपमा हुनेछन् ।

प्रकाशित मिति : २०७९, २४ मंसिर शनिबार ००:००  ५ : ५९ बजे