२०८१, ६ बैशाख बिहीबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान ओखलढुंगाको अध्यक्षमा बालकुमार श्रेष्ठ



काठमाडौं । राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान ओखलढुंगाको अध्यक्षमा गायक बालकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पलापुमा सम्पन्न प्रतिष्ठानको पाँचौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् ।

नवनिर्वाचित जिल्ला कार्यसमितिको उपाध्यक्षहरुमा सपना दर्जि, कबिता खत्री, दीर्घ गदाईली र बिष्णु माया श्रेष्ठ, सचिवमा केशब गदाईली, सहसचिवमा सिद्दार्थ आले, कोषाध्यक्षमा पुर्ण विकलगायत
२५ सदस्य जिल्ला कार्यसमिति गठन भएको प्रतिष्ठानका निवर्तमान सचिव तीलक सुनुवारले जानकारी दिए । उनका अनुसार सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिष्ठानको दशौं साधारणसभा तथा पाँचौँ जिल्ला अधिवेशनमा ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २०७९, २५ मंसिर आइतबार ००:००  १० : ५९ बजे