२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह बलियाे बनाउनुपर्छ : प्रधानमन्त्री

दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमा गर्नुपर्नेमा जाेड



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकास निर्माणका लागि सुशासनलाई स्थायित्व बनाउनुपर्ने बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमा गर्नुपर्ने बताए ।

उनले संविधान र संघीयतालाई कार्यान्वयन गराउनका लागि सबै एकजुट भएर अगाडि बढ्न आवश्यक भएकोमा जोड दिए । सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्न सकेमात्रै विकास सम्भव भएको उनको भनाइ छ ।

उनले भने, ‘हरेक स्थानीय तहमका दिगो विकास अनुसार योजना तर्जुमा गर्नुपर्छ । देशका शिक्षित युवाहरूलाई देशमै रोजगारीको व्यवस्था गरेर जनप्रतिनिधि, कर्मचारी र जनतामा छलफल आवश्यक छ ।’

प्रकाशित मिति : २०७९, २५ मंसिर आइतबार ००:००  ५ : ३२ बजे