२०८२, ९ चैत्र सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीमा १२ पढेर २० वर्षपछि बिहे गर्ने छोरीले ५० हजार नगद पाए

बाल विवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि गर्ने चन्द्रनगर गाउँपालिकाकाे याेजना



सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ पास गरेर २० वर्षपछि बिहे गर्ने छोरीलाई ५० हजार रुपैयाँ दिने भएको छ ।

बाल विवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियानअन्तर्गत गाउँपालिकाले यस्तो कार्यक्रम अघि ल्याएको हो ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले चन्द्रनगर- २ दोनवारी टोलका कक्षा १२ पास गरी २० वर्षपारि विवाह गर्ने एकजनालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेर उक्त अभियान थालनी गरेका हुन् ।

स्नातक अध्ययन गर्ने छोरीलाई प्रोत्साहनस्वरुप एकमुष्ट ११ हजार अनुदान सहयोग गर्ने र २० वर्ष कटिसकेपछि मात्रै विवाह गर्न प्रोत्साहित गर्ने योजना पालिकाले अघि सारेको छ ।

प्रकाशित मिति : २०७९, २५ मंसिर आइतबार ००:००  ५ : ५५ बजे