२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चर्को व्याजविरुद्ध व्यापारी आन्दोलित



काठमाडाैं । चर्को ब्याजदर विरुद्ध विराटनगरका उद्योगी व्यवसायीले पुस १ गते देखि आन्दोलन थाल्ने घोषणा गरेका छन्। मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ ले आइतबार विभिन्न उद्योगी व्यवसायीक संघ संस्थाका प्रतिनिधिसँगको छलफल पछि आन्दोलन थाल्ने घोषणा गरेका हुन्।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले छलफलमा आएका सुझाव अनुसार आन्दोलनका कार्यक्रमहरू तय गरी पुस १ गते देखि बृहत् आन्दोलन गर्ने बताए। रिजालले चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिका कारण उद्योग, व्यापार, व्यवसाय पूर्ण रुपमा प्रभावित भएकाले बाध्य भएर आन्दोलनमा उत्रने निर्णय गर्नुपरेको स्पष्ट पारे। उनले भने‘उद्योग, व्यापार, व्यवसाय नै चौपट भइसके पछि आन्दोलन बाहेक हामीसँग अन्य कुनै विकल्प बाँकी रहेन।’

रिजालले बैंकको चर्को ब्याजदर घटाउन बारम्बार माग राखे पनि सरकारले आफूहरूका माग सुनुवाइ नगरेको उनको गुनासो छ। चर्को ब्याजदरका कारण सम्पूर्ण अर्थतन्त्र नै धराशायी बनिसकेको र तत्काल ब्याजदर नघटाइए आगामी दिन थप कष्टकर हुने उनको भनाई छ।

रिजालले आन्दोलनका कार्यक्रमहरू के के हुने भन्ने विषयमा थप छलफल पछि तय गरिने जानकारी दिए। रिजालले विगतमा पनि आफूहरूले आन्दोलन गरेको तर, अबको आन्दोलन फरक किसिमको हुने बताए। रिजालले भने ‘अब उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रिएपछि माग पुरा नहुन्जेल सडक छाड्ने छैनौँ।’

छलफलमा उद्योग सङ्गठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले चर्को ब्याजदरले सामान्य जनता देखि गृहिणीसमेत मारमा परेको बताए। उनले ऋण लिएर घर बनाएमा सामान्य परिवार पनि चर्को ब्याजदरको मारमा परेको बताए। उनले भने‘ चर्को ब्याजदरले ठुला उद्योगी व्यवसायी मात्रै नभई सर्वसाधारण पनि प्रताडित बनेका छन्।’

नेपाल उद्योग परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिका कारण उद्योग व्यवसाय चौपट भइसकेका कारण बाध्य भएर आन्दोलनमा उत्रने निर्णय गर्नुपरेको बताए। उनले बैंकहरू विगतका साहू महानज जस्तै बनेको र उनीहरूलाई राष्ट्र बैङ्कले संरक्षण गरिरहेको बताए।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गरिखानेहरूका लागि कठिन समय आएको र उद्योग व्यवसाय डुब्ने अवस्थामा पुगेको बताए। उनले उद्योग व्यवसाय नरहे आफूहरू पनि नरहने भन्दै आन्दोलनमा उत्रनुको विकल्प नभएकाले सडक आन्दोलन थाल्ने घोषणा गरिएको स्पष्ट पारे।

यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कँडेलले जति छलफल ग¥यो उति ब्याजदर बढ्ने गरेको भन्दै कडा आन्दोलन नै अब निर्विकल्प रहेको स्पष्ट पारे। उनले भने ‘अब, आन्दोलन नै हाम्रो अन्तिम अश्र हो।’ व्यवसायी विका वेगवानीले सरकारलाई ऋण दिन बैंकसँग पैसा हुने तर, उद्योग व्यवसायलाई ऋण दिन बैंकसँग पैसा नहुनु दुखद भएको बताए। उनले तरलता अभावका कारण भ्याट तथा आयकर तिर्नसमेत पैसा नहुने अवस्था आएकाले अब आन्दोलनको विकल्प नै केही नभएको बताए। उनले बैंकहरूको अभिभावक राष्ट्र बैङ्क बनेको तर उद्योगी व्यवसायीको अभिभावक नै देहमा नदेखिएको गुनासो गरे।

उनले सरकारले आफूहरूका मागलाई सम्बोधन नगरेपछि निर्विकल्प आन्दोलनको बाटो रोज्न बाध्य हुनुपरेको स्पष्ट पारे। छलफलमा होटल व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ, घरेलु तथा साना उद्योग सङ्घलगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। नागरिक

प्रकाशित मिति : २०७९, २६ मंसिर सोमबार ००:००  ७ : ४६ बजे