रामेछापको खाँडादेवी गाउँपालिकाले कृषिको आधुनिकिकरणलाई पहिलो प्राथमिकतामा राखेको छ । खाद्यउत्पादन बढाएर नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कृषिको आधुनिकिकरणमा जोड दिएको हो ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले कृषि उत्पादन बढाएर नागरिकलाई उत्पादनसँग जोड्ने लक्ष्य राखेको बताए । समाज सुविधाभोगी बन्दैजाँदा आयस्रोत कमहुनेहरुको दैनिकी चलाउन समस्या परेको बताउँदै अध्यक्ष श्रेष्ठले कृषिमा नयाँ क्रान्ति गर्नेगरि पालिकाले निति कार्यक्रम ल्याएको बताए । विदेशपलायन भएका युवालाई समेत गाउँ फर्काएर कृषि कर्ममा लगाउने अध्यक्ष श्रेष्ठको भनाई छ । ‘समाज सुविधाभोगी भयो, आयस्रोत कम हुँदा नागरिकमा अनेकन आर्थिक संकटहरु देखिए । किसानको आयस्रोत बढाउने भनेको कृषि कर्मबाटै हो । त्यसैमा हामी लागेका छौं ।’ अध्यक्ष श्रेष्ठले अनलाइन सरोकारसँग भने,‘परम्परागत हिसाबले खेति गर्दा घाटाको खेति हुन्छ । अब आधुनिकतामा जोड दिएर जानुपर्छ । हामी किसानका खेतबारिमा सुन फलाएर डलरमा आम्दानी हुने हिसाब दिन्छौं । विदेशमा डलरकमाउन गएकालाई गाउँमै फर्काएर स्वरोजगार बनाउँछौं ।’ खाँडादेवीमा माटोपरिक्षण गरेर मल, बीउ, आर्थिक तथा प्राविधिक सहयोगसहितका कार्यक्रम ल्याएर कृषिमा आधुनिकीकरण गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाले सामुहिक खेतीमा जोडदिने र किसानले उत्पादन गरेको उपज बजारीकरणमा सहयोग गर्ने निती लिएको छ ।
सुनकोशी र तामाकोशीको बीचमा रहेको खाँडादेवीको सुख्खाग्रस्त क्षेत्रमा सिंचाइको सुविधा पु¥याइने अध्यक्ष श्रेष्ठले बताए ।
गाउँलाई समृद्ध बनाउन कृषिलाई प्राथमिकता दिएको खाँडादेवीले शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमा समेत उत्तिकै जोड दिएको छ ।
खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठसँगको संवाद तलको लिङ्कमा हेर्नुहोस् ।