२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हलेसी तुवाचुङमा कार्यरत शिक्षक सुत्केरी बिदा बसे नगर शिक्षकले पढाउने

नगरप्रमुख विमला राई भन्छिन्-'बालबालिकाको पढाइ र शिक्षकको मनोविज्ञानमा प्रभाव पर्छ'



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सुत्केरी बिदामा बसेका शिक्षकको ठाउँमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरेको छ । सुत्केरी बिदामा शिक्षक बस्दा विद्यार्थीहरुको पढाइ बिग्रिने र बिदामा बसेकी शिक्षीकालाई पनि बालबालिकाको पढाइप्रति मानसिक रुपमा चिन्ता हुने भएकाले बिदामा बसेका विद्यालयमा पठनपाठनका लागि नगर शिक्षक नियुक्त गरिएको हो ।

बालबालिकाको सिकाइलाई निरन्तरता दिन सट्टा शिक्षक राखिने नगरप्रमुख विमला राईले बताइन् ।

प्रसूति हुनेहरुको सट्टामा ३ महिनाका लागि सट्टा शिक्षक राख्ने नगर शिक्षा समितिको मंसिर १३ गतेको निर्णय अनुसार मंसिर १५ गते नगरपालिकाले सूचना जारी गरेको थियो । सूचनाका आधारमा आएका व्यक्तिहरुको परिक्षा गरेर १ पुरुष र ३ महिला गरी ४ जना नगर शिक्षक छनोट गरिएको छ ।

छनोट भएका तीन जना नगर शिक्षकलाई वडा नम्बर ९ स्थित सरस्वती प्राथमिक विद्यालय, वडा नम्बर ७ स्थित कालिका आधारभुत विद्यालय र वडा नम्बर २ स्थित बालकन्या आधारभुत विद्यालयमा नियुक्ती दिएर खटाइसकिएको छ । एक जना शिक्षकलाई सुत्केरी बिदामा बसेर खाली रहेको ठाउँमा केही दिन भित्रमा खटाइने छ ।

नगर शिक्षकले नगरपालिकाको आन्तरीक स्रोतबाट नगर शिक्षक कार्यविधि २०७६ को आधारभुत तह सरह सेवा सुविधा पाउने छन् ।

प्रकाशित मिति : २०७९, ५ पुस मंगलबार ००:००  ४ : ३८ बजे