२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा आइतबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।

यस्तै, आइतबार कोरोना स‌ंक्रमण निको भएर ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै सप्तरीमा ३२ जना स‌ंक्रमित भेटिएका छन् । त्यस्तै कैलालीमा २४ जना, सर्लाहीमा २३ जना, बर्दिया र नवलपरासीमा १०/१० जना, पर्सामा ७ जना, कास्की, लमजुङ र म्याग्दीमा ६/६ जना, बाँके र दाङमा ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

ललितपुर, सर्लाही र रौतहट, स्याङ्जा, रुपन्देही र डडेल्धुरामा २/२ जनामा संक्रमण देखिएको छ । सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्युठान र सल्यानमा १र१ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आइतबार ००:००  १२ : ३३ बजे