२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमि आयोग ओखलढुंगाको अध्यक्षमा कांग्रेस नेता पुरुषोत्तम लुइँटेल नियुक्त



भूमि आयोग ओखलढुंगाको अध्यक्षमा कांग्रेस नेता पुरुषोत्तम लुइँटेल नियुक्त भएका छन् । गत बैशाख देखि रिक्त रहेको अध्यक्ष पदमा सरकारले लुइँटेललाई नियुक्त गरेको हो ।

निवर्तमान अध्यक्ष अशोक कार्की भूमि आयोगको अध्यक्षबाट राजिनामा दिएर लिखु गाउँपालिका अध्यक्षको चुनाव लड्न गएपछि उक्तपद रिक्त थियो । कार्की लिखुको अध्यक्षमा निर्वाचित भएपछि कांग्रेसकै भागमा परेको अध्यक्ष पदमा नियुक्ती लिन नेताहरुले दौडधुप गरेका थिए । करिब ३ दशक देखि कांग्रेसको राजनीतिमा सकृय लुइँटेलले पहिलो पटक लाभको पद प्राप्त गरेका छन् । अध्यक्षमा नियुक्त लुइँटेलले सपथग्रहण गरेको भोलिपल्टैबाट जिल्लामा भूमिहिनको पहिचान गरेर भूमि सम्बन्धिका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

ओखलढुंगामा गठबन्धनको सरकार गठनसँगै सत्तारुढ दलका नेता कार्यकर्ताले भूमि आयोगमा प्रतिनिधित्व गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९, ५ पुस मंगलबार ००:००  ४ : ४९ बजे