२०८२, ९ चैत्र सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोनयन दर्तापछि देउवालाई गगनको आह्वान शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुस्



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेताको चुनावमा मनोनयन दर्ता गरेका गगन थापाले आफ्ना प्रतिस्पर्धीका रुपमा रहेका शेरबहादुर देउवालाई उम्मेदवारी फिर्ता लिन आह्वान गरेका छन् । आफ्नो मनोनयनपश्चात सञ्चारकर्मीलाई सम्बोधन गर्दै थापाले कांग्रेसको भविष्यलाई हेरेर आफूलाई सघाउन अन्य वरिष्ठ नेता र सांसदहरुलाई पनि अपील गरे ।

देउलाले आफ्ना प्रस्तावकका रुपमा रहेका शेखर कोइराला तथा समर्थक विश्वप्रकाश शर्मालाई दायाँबायाँ राखेर पत्रकारलाई सम्बोधन गरेका थिए । उनले कांग्रेस संसदीय दलको चुनावले पार्टीभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिएको भन्दै सन्तोष व्यक्त गरे । उनले आफूलाई समर्थन गरेकोमा शेखर कोइरालाई आभार प्रकट गरे ।

थापाले भने, ‘यो क्षणमा म विश्वास, अपेक्षा र अनुरोध गर्छु । देउवा, जसले भर्खरै उम्मेदवारी दर्ता गर्नुभयो, मेरो आग्रह छ कि दुई घन्टापछि शान्त चित्तले मनन गरेर उम्मेदवारी फिर्ता लिनुभयो भने कांग्रेसका लागि ऐतिहासिक हुन्छ र त्यसले पार्टीमा उत्साहको सञ्चार गर्छ ।’

थापाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतका नेताहरुलार्ई पनि भविष्यप्रति चिन्ता गरेर आफूलाई सघाउन आग्रह गरे ।
थापा र कोइरालालाई उनीहरुबीच भएको राजनीतिक लेनदेनका विषयमा सोधिएको थिए । दुवैले यसमा खुल्न चाहेनन् ।

प्रकाशित मिति : २०७९, ५ पुस मंगलबार ००:००  ५ : ०५ बजे