२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु, सिंहदरबारमा सांसदबाहेकलाई प्रवेश निषेध



नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान १० बजेसम्म हुनेछ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा रहेका छन् । अहिले सिंहदरबारमा मतदान नसकिँदा सम्मका लागि सांसदबाहेकलाई प्रवेश निषेध गरिएको छ ।

मङ्गलवार दुवै नेताले कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका थिए । थापालाई नेता शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा लगायत युवा नेताहरूको साथ रहेको छ । देउवासँग भने वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरू रहेका छन् ।

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन् । ८९ जना मतदाता रहेका छन् । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २०७९, ६ पुस बुधबार ००:००  ८ : १४ बजे