२०८२, ९ चैत्र सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीले भोलि दलको नेता चयन गर्ने



काठमाडौं। नेकपा माओवादी केन्द्रले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । त्यसका लागि पार्टीले अपरान्ह संसदीय दलको बैठक राखेर नेता चयन गर्ने तयारी गरेको सांसद रेखा शर्माले बताइन् ।

प्रतिनिधिसभाका सांसदहरुको दिउँसो १ बजे शपथ सकिएपछि दलको नेताा चयन गर्न अपरान्ह ४ बजे बैठक बोलाइएको उनको भनाइ छ । माओवादीमा दलको नेता प्रचण्ड हुने निश्चित जस्तै छ । पार्टीमा दलको नेता दाबी गर्ने अर्को नेता नभएकाले उनी नै चयन सम्भावना रहेको हो । माओवादीका प्रत्यक्षमा १८ जना र समानुपातिकमा १४ जना गरेर कुल ३२ जना सांसद छन् ।

प्रकाशित मिति : २०७९, ६ पुस बुधबार ००:००  ३ : १२ बजे