२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटार पुगेर पौडेलले दिए देउवालाई बधाई



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बुधबार पुगेर पौडेलले देउवालाई बधाई दिएका हुन् ।

संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेको पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएको तस्वीर सार्वजनिक गरेका छन् । विगतमा कांग्रेसभित्र देउवाका प्रतिस्पर्धी मानिएका पौडेल १४ औं महाधिवेशनयता सहयोगीको भूमिकामा देखिएका छन् ।

०६४ मा देउवालाई संसदीय दलमा पराजित गरेर पौडेल दलको नेता बनेका थिए भने ७२ मा देउवासँग पराजित भएका थिए । १३ औं महाधिवेशनमा देउवासँग पराजित उनी १४ औं महाधिवेशनमा प्रतिस्पर्धीको रिङबाट आउट हुन पुगे ।

त्यसपछि पौडेल र देउवाबीच सहकार्य भइरहेको छ । पौडेल प्रस्तावक बसेको संसदीय दलको चुनावमा देउवा भारी मतान्तरले निर्वाचित भएका छन् । आज बिहान भएको दलको नेताको निर्वाचनमा देउवाले ६४ भोट पाउँदा महामन्त्री गगन थापाले २५ मत पाएका थिए ।

प्रकाशित मिति : २०७९, ६ पुस बुधबार ००:००  ३ : २८ बजे