२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक यातायात सञ्चालन



काठमाडौँ । यातायात व्यवसायीहरुले सोमबार आजदेखि सार्वजनिक बस सञ्चालन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ अन्तर्गत सञ्चालित १ सय ७७ वटै कम्पनीका बसहरु सञ्चालनमा आएको महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए ।

हिजो परीक्षण सञ्चालन गरिएको र आजदेखि सरकारले तोके बमोजिम जिल्लाभित्रै बसहरु सञ्चालन गरिएको अधिकारीले बताए । कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले बस सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूरा गरी ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था सरकारले गरेको छ ।

सोमबार बिहानैदेखि बस सञ्चालन भइरहेपनि यात्रुको उपस्थिति भने अत्यन्त कम रहेको बताइएको छ । काठमाडौंमा साझा, मयुर, सुन्दर, संयुक्त लगायतका कम्पनीले भने यसअघि नै बस सञ्चालन गरिसकेका छन् ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार ००:००  ५ : १० बजे