२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन्ता माविमा हाजिरी मेसिन जडान



ओखलढुंगाको ज्यामीरेस्थित कुन्ता माविमा विद्युतिय हाजिरी जडान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अन्तरगत सिद्धिचरण नगरपालिका वडा नंं ९ को वडाभित्रको एक मात्र माध्यमिक तहको विद्यालययमा विद्युतिय हाजिरी जडान गरिएको हो ।

सिद्धिचरण नगरपालिकाको सहयोगमा मेसिन जडान गरिएकाे हाे ।

शिक्षकको नियमितता र समयअवधिभर पठनपाठन गराउन विद्युतिय हाजिरीले सहयोग पुग्ने अपेक्षा गरिएको वडाअध्यक्ष गुणबहादुर खड्काले अनलाइन सराेकारसँग बताए । वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९, ६ पुस बुधबार ००:००  ६ : ४१ बजे