२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुन्ता माविमा हाजिरी मेसिन जडान



ओखलढुंगाको ज्यामीरेस्थित कुन्ता माविमा विद्युतिय हाजिरी जडान गरिएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियान अन्तरगत सिद्धिचरण नगरपालिका वडा नंं ९ को वडाभित्रको एक मात्र माध्यमिक तहको विद्यालययमा विद्युतिय हाजिरी जडान गरिएको हो ।

सिद्धिचरण नगरपालिकाको सहयोगमा मेसिन जडान गरिएकाे हाे ।

शिक्षकको नियमितता र समयअवधिभर पठनपाठन गराउन विद्युतिय हाजिरीले सहयोग पुग्ने अपेक्षा गरिएको वडाअध्यक्ष गुणबहादुर खड्काले अनलाइन सराेकारसँग बताए । वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउने लक्ष्य रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७९, ६ पुस बुधबार ००:००  ६ : ४१ बजे