२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित



काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सुरकुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।

विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । ‘खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ’, उनले भने ।

मौसममा सुधार आएपछि नियमित रुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए।

प्रकाशित मिति : २०७९, ७ पुस बिहिबार ००:००  ११ : २० बजे