२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका सबै काेराेना संक्रमित ‘निकाे’



पूर्णप्रसाद न्यौपाने

ओखलढुंगा । ओखलढुंगाका सबै कोरोना संक्रमित निको भएका छन् । असार २६ गते कोरोना संक्रमण पुष्टि भएका जिल्लाको लिखु गाउँपालिकाका ७२ वर्षीय पुरुष सहित सबै संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।

संक्रमित वृद्ध सहित जिल्लाका २ सय २६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

क्यान्सर पीडित वृद्धले घरैमा बसेर कोरोना जिते

सकृय संक्रमित ५ जना मध्ये लिखु गाउँपालिकाका क्यान्सरबाट समेत पीडित वृद्धलाई घरैमा राखिएको थियो । ‘क्यान्सर अस्पतालले उपचार सम्भव नभएको संकेत गरेर घर पठाएको रहेछ । कोरोना पनि देखियो, परिवारको हेरचाह पनि हुने भएकाले उहाँलाई  घरैमा उपचारको व्यवस्था मिलाएका थियौं ।’ प्रजिअ पौडेलले भने, ‘पछिल्लो पटक पिसिआर गर्दा उहाँसहित २ सय ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।’ लामो समय देखि क्यान्सरबाट थलिएका उनलाई पारिवारको हेरचाह आवश्यक पर्ने भन्दै घरैमा राखिएको थियो ।

लिखु गाउँपालिका २ का ७२ वर्षीय क्यान्सरपीडित वृद्ध रहेको गाउँका १७ घर सिल गरिएको थियो । १७ घरधुरी रहेको उक्त गाउँलाई सिल गरेर स्थानीय सबै १२५ जनाको पिसिआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै केही दिन अघि जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा आईपुगेका १५ जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रका ८१ जना र सिद्धिचरण नगगरपालिकाका २० जनाको स्वाब संकलन गरेर परिक्षणका लागि विराटनगर पठाईएको थियो । उनीहरु सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको छ ।

सबै संक्रमितले कोरोना निकाे

ओखलढुंगाका सबै कोरोना संक्रमित निको भएका छन् । अहिले सम्म संक्रमण देखिएका ६ जना सबै निको भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । लिखु गाउँपालिकाका ७२ वर्षिय पुरुष र मिसन अस्पतालमा उपचाररत अन्य ४ जनाको सोमबार कोरोना रिपोर्ट नेगेटिभ आएको उनले बताउनुभयो । सुरुमा संक्रमण देखिएका अर्का युवा यस अघि नै कोरोना जितेर घर फर्किसकेका छन् ।

केही दिन अघि जिल्लाबाट स्वाब संकलन गरेर पठाईएका १५ जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको भएपनि उनिहरु अहिले जिल्लामा नरहेको बताईएको छ । स्वाब संकलन पछि स्थानीयको विरोधका बिच ति भारतीय नागरिक जिल्लाबाट उदयपुर तर्फ फर्किएका थिए ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार ००:००  ७ : ३९ बजे