२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार्ल्स शोभराज ६ बजेको उडानबाट फ्रान्स जाँदै



काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै स्वदेश फर्कने भएका छन् ।

आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै फ्रान्स जान लागेका हुन् । अध्यागमनले शोभराजलाई डिपोट गर्ने शोभराजका वकिल गोपाल शिवाकोटीले बताए ।

दुईजनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधबार आदेश दिएको थियो ।

प्रकाशित मिति : २०७९, ८ पुस शुक्रबार ००:००  ३ : ३४ बजे