२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा सोमबार थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ४ हजार २ सय १६ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको जानकारी दिए । यससँगै कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्र १ सय ७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । योसहित ११ हजार ८ सय ६८ जना संक्रमित निको भएका छन् । गौतमका अनुसार नेपालमा निको हुने प्रतिशत ६६ दशमलव ५१ प्रतिशत रहेको छ ।

हाल संक्रमित भइ आइसोलेसनमा रहनेको संख्या पाँच हजार नौ सय ३६ र क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार दुई सय २८ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार ००:००  १० : ५८ बजे