२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १५० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा मंगलबार थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले ७ वटा प्रयोगशालामा ३ हजार ९६३ परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार पछिल्ला २४ घन्टामा उपत्यकामा ९ जना संक्रमित थपिएका छन् । यो सँगै संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

जिल्लागत तथ्यांक अनुसार आज संक्रमित हुनेमा झापाका २, सर्लाहीका ३, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ५, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६०९ जना डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या १२ हजार ७७७ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७०४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ४७७ जना रहेको छ ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार ००:००  ११ : ११ बजे