२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोटरी क्लव अफ बौद्धको अध्यक्षमा डेण्डी शेर्पा



काठमाडौं । समाजसेवी डेण्डी शेर्पा रोटरी क्लव अफ बौद्धको अध्यक्ष हुनुभएको छ । लामो समय देखि देशका विभिन्न ठाँउलाई कार्यक्षेत्र बनाएर समाजसेवामा सकृय हुनुभएका शेर्पाले रोटरी क्लवको नेतृत्व पाउनुभएकाे हो ।

गतवर्ष छोङवा शेर्पाको अध्यक्षतामा रोटरी क्लव अफ बौद्ध स्थापना भएको थियो । उक्त कार्यसमितिका प्रेसिडेण्ट इलेक्ट डेण्डी शेर्पा रोटरी क्लवको पकृया अनुसार प्रेसिडेण्ट बन्नु भएको हो । निवर्तमान अध्यक्ष छोङवा शेर्पाले आईतबार एक कार्यक्रमबाट बिच वर्तमान अध्यक्ष डेण्डी शेर्पालाई पदभार हस्तान्तरण गर्नुभएको छ ।

रोटरी क्लव ३२९२ का डिस्टीक गभर्नर राजिव पोख्रेलको प्रमुख आतिथ्यतामा भएको पदभार हस्तान्तरण तथा ग्रहण कार्यक्रममा एजी मोना अधिकारी, रोटरी क्लव अफ पाटन वेष्टका जिसिआर प्रदिपमान बैद्य, रोटरी क्लव अफ पाटन वेष्टका पास्ट प्रेसिडेण्ट सुरेन्द्रमान ठकुरी, रोटरी क्लव अफ दरबारमार्गका अध्यक्ष लाक्पापुटी शेर्पा लगायतका विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमा निवर्तमान अध्यक्ष छोङवा शेर्पाले क्लव स्थापनाको छोटो समयमा रोटरी क्लवको उद्देश्य अनुसार विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको जानकारी गराउँदै आगामी दिनमा क्लवले समेट्नुपर्ने क्षेत्र र सम्भावनाका बारेमा समेत जानकारी गराउनु भएको थियो ।

पदभार ग्रहण गर्दै रोटरी क्लव अफ बौद्ध २०२०–२०२१ का प्रेसिडेण्ट डेण्डी शेर्पाले रोटरीको विद्यि, पद्धति र सिद्धान्त अनुसार विगतका कामहरुको संस्थागत गर्दै थप रचनात्मक काम गर्ने योजना सार्वजनिक गर्नुभयो ।

कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरुले रोटरी क्लव अफ बौद्धको समृयताको प्रशंसा गर्नुभएको थियो ।

रोटरी क्लव अफ बौद्धको आइपिपि २०१९–२०२० छोङवा शेर्पा र २०२०–२०२१ का प्रेसिडेण्ट इलेक्ट आङकुसाङ शेर्पाले जिम्मेवारी पाउनुभएको छ । राेटरीका मुख्य ५ र अन्य ७ समितिमा विभिन्न राेट्रेनहरुले जिम्मेवारी पाउनुभएकाे छ ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार ००:००  ११ : ४२ बजे